अमेरिकी राष्ट्रपति चुनावमा अग्रिम मतदान गर्नेको संख्या ४ करोडभन्दा बढी

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ८ : १०


काठमाडौं । अमेरिकामा यो पटकको राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या लगातार बढ्दो क्रममा देखिएको छ ।

हालसम्म चार करोड बढी मतदाताले आफ्नो मत खसालेको निर्वाचन आयोगलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले लेखेका छन् ।

सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो ।

अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत हो ।

आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् ।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् ।

तर केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता साँघुरो छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्