सेती नदीको खोँचमा खसेका व्यक्तिको प्रहरीद्वारा सकुशल उद्धार

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ५६


पोखरा । सेती नदी किनाराको अप्ठेरो ठाउँ (खोँच)मा खसेका एक व्यक्तिको कास्की प्रहरीले सकुशल उद्धार गरेको छ ।

पोखरा महानगरपालिका-१ गाईघाटस्थित सेती नदी किनाराको अप्ठेरो ठाउँ माहालको खोचमा खसेका पोखरा महानगरपालिका-२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणाको बुधबार प्रहरीले शकुसल उद्धार गरेको हो ।

राणा खोचमा खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्दार गरेको हो ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्