सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोद्वारा ४ जना लागू औषध ‘तस्कर’ पक्राउ

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट ४ जना लागू औषध तस्करलाई पक्राउ गरेको छ ।

स्थानीयस्तरमा लागू औषध तस्करी हुने गरेको सूचनाका आधारमा एपीएफको इन्टेलिजेन्स ब्यूरोको टोलीले ललितपुरको गोदावरी नगरपालिका–१५ हात्तीवन चोकबाट ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भएका मनिष मगर, मकवानपुरका सविन आलेमगर, तनहुँका अजितकुमार श्रेष्ठ र काठमाडौंका राजकुमार रोका रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरुको साथबाट पोलेन नामक लागू औषध २ किलो, ५० थान नोफिन र डाइजेपाम बरामद भएको छ ।

सशस्त्र प्रहरी बलले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्