आज बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : ३२


काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । आज सुन प्रति तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिंजो छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँ बढेर प्रति तोला १२ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोला १२ सय १० मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्