गुगलविरुद्ध अमेरिकी सरकारले गर्‍यो मुद्दा दायर

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : २३


काठमाडौं । अमेरिका सरकारले इन्टरनेटमा सर्च (खोजी) इन्जिन गुगलविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रतिस्पर्धा सम्बन्धी कानूनको उल्लंघन गरी इन्टरनेटमा हुने खोजी र अनलाइन विज्ञापनमा एकाधिकार कायम गरेको आरोपसहित अमेरिका सरकारले गुगलविरुद्ध मुद्दा दायर गरेको हो ।

गुगलले एकाधिकार अन्त्य गर्ने प्रतिस्पर्धा सम्बन्धी कानून उल्लंघन गरेको आरोप उजुरीमा छ ।

गुगलले मुद्दालाई गम्भीर रुपले त्रुटीपूर्ण भनेको छ । कम्पनीले आफ्ना कुनै पनि सेवाहरु पूर्णतः प्रतिस्पर्धात्मक रहेको र पहिलो प्राथमिकतामा जहिले पनि प्रयोगकर्ता नै रहने गरेको बताएको छ ।

अमेरिकी नियामक निकायबाट कुनै पनि प्रविधि कम्पनीमाथिको यो अहिलेसम्मकै प्रमुख मुद्दा हो ।

एक वर्ष भन्दा लामो समय अनुसन्धान गरेपछि प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलविरुद्ध उसले अमेरिका र विश्वभर गरेका प्रयासलाई निशाना बनाई मुद्दा दायर भएको हो ।


प्रतिक्रिया दिनुहोस्