चीनले बनाएको कोरोना भाइरसविरुद्धको खोप ब्राजिलले प्रयोग गर्ने

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४३


काठमाडौं । कोरोना भाइरसको महामारीबाट प्रभावित दक्षिण अमेरिकी देश ब्राजिलले चीनमा विकास गरिएको खोपको प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।

ब्राजिलले नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न लागेको सरकारी अधिकारीले जानकारी दिएको छ ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकार चीनको सिनोभाकले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप कोरोनाभ्याक किन्ने सहमति गरेको बताएका छन् ।

उनका अनुसार संघीय सरकार सो खोपका चार करोड ६० लाख डोज किन्न सहमत भएको हो ।


प्रतिक्रिया दिनुहोस्