नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : २६


काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

आफूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

चौधरीले ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् ।

उनले आफूलाई लक्षण भने केही नदेखिएको र अवस्था समान्य रहेको बताएका छन् ।

उनले चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्