यूईएफए च्याम्पियन्स लिगः मेस्सीको नयाँ कीर्तिमानसँगै बार्सिलोनाको जित

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : १३


काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।

बार्सिलोनाले गएराती सम्पन्न खेलमा हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५९१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

२५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।

बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा मेसीले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६ आँै सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् ।

यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ ।

अब बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गतको अर्को खेल युभेन्टससँग अक्टोबर २९ मा खेल्दै छ ।


प्रतिक्रिया दिनुहोस्