कैलालीमा प्रहरीको हत्या प्रकरण– असईसँगै गस्तीमा गएका प्रहरी जवान पनि मृत फेला

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : २२


काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी रोक्न कैलालीको धनगढी–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इञ्चार्ज असई गोविन्द विकसँगै गस्तीमा गएका प्रहरी जवानको पनि शव फेला परेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार असई विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँद पनि मृत फेला परेका हुन् । उनको शव पनि मोहना नदीमै फेला परेको एसएसपी सिंहले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोस्टबाट शनिबार साँझ असई गोविन्द विक र जवान रामबहादुर साउँद सीमा क्षेत्रमा मोटरसाइकल गस्तीमा गएका थिए ।

सीमा क्षेत्रमा हुने तस्करी रोक्न गस्तीमा गएका दुवैजनामध्ये असई विकको आइतबार बिहान मोहना नदीमा शव फेला परेको थियो ।

असई विकको शव भेटिए पनि जवान साउँद भने बेपत्ता थिए । खोजीकै क्रममा साउँदको पनि मंगलबार बिहान शव फेला परेको हो ।


प्रतिक्रिया दिनुहोस्