आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : १०


काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार पनि छापावाला सुनको भाउ तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्