बुटवल कोरोना विशेष अस्पतालमा ४४ वर्षीया संक्रमित महिला मृत्यु

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : २७


बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ ।

बुटवल–११ की ४४ वर्षीया महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो ।

त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार ती महिलामा मधुमेहको समस्या थियो ।


प्रतिक्रिया दिनुहोस्