गाडीको सिटमुनी लुकाइएको १६ लाख रुपैयाँको सुनसहित १ जना पक्राउ

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ०८


जनकपुरधाम । गाडीको सिट मुनी लुकाइएको १६ लाखभन्दा बढी मूल्यको सुनसहित सशस्त्र प्रहरी बलले धनुषाबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बलुवा नगरपालिका–७ बस्ने ३४ वर्षीय रामचन्द्र साह छन् ।

बा १० च ३५६८ नम्बरको भ्यानमा सवार साहलाई शंकाको आधारमा चेक गर्दा सिट मुनी लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले साहलाई सुनसहित पक्राउ गरेको हो ।

बरामद भएको सुनको बजार मूल्य १६ लाख २३ हजार रुपैयाँ हुन आउने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

बरामद सुनसहित साह र उनी सवार भ्यानलाई सशस्त्र प्रहरी बलले आवश्यक अनुसन्धान र थप कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस्