भैरहवाको एभरेस्ट पेट्रोल पम्पमा आगलागी, ट्यांकर जलेर ध्वस्त

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ५९


बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्स (पेट्रोल पम्प) मा आगलागी भएको छ । सोमबार राति करिब साढे ७ बजे पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा आगलागी भएको हो ।

प्रहरीका अनुसार इन्धन अनलोड गर्ने क्रममा अनलोड गर्न लागिएको ट्यांकरमा नै आगो लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ६ वटा दमकलको सहायतामा साढे ८ बजे आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीय समेत आगो निभाउने कार्यमा जुटेका थिए ।

ट्याङ्करमा ८ हजार लिटर इन्धन भएको र ट्यांकर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले बताएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेकोले थप क्षति भएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्