किराना पसलबाट रिचार्ज कार्ड र १ लाख बढी नगद चोरी गर्ने २ जना पक्राउ

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ३९


काठमाडौं । किराना पसलबाट नगद १ लाख ३० हजार रुपैयाँ नगद, रिचार्ज कार्ड, औंठी लगायतका सामान चोरेर फरार भएका २ युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असोज २४ गते कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाचोकस्थि तुलसी अधिकारीको किराना पसलमा चोरी भएको सूचना आएको थियो ।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा किराना पसलबाट नगद १ लाख ३० हजार रुपैयाँ नगद, रिचार्ज कार्ड, औंठी लगायतका सामान चोरी भएको देखिएको थियो ।

चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले आइतबार दुई युवालाई पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका–२ घर भइ हाल पोखराको न्यूरोड बस्दै आएका ३० वर्षीय मधु थापा र कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाचोक बस्ने ३८ वर्षीय सूर्यबहादुर घर्ती छन् ।

प्रहरीले मधु थापाको न्यूरोस्थित डेराबाट चोरी भएका सामान समेत बरामद भएको जानकारी दिएको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्