देशभरका श्रमसम्बन्धी मुद्दा हेर्न सरकारद्वारा श्रम अदालत गठन

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : २७


काठमाडौं । सरकारले देशभरका श्रमसम्बन्धी मुद्दा हेर्ने गरी श्रम अदालत गठन गरेको छ ।

उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओली अध्यक्ष छन् भने सदस्यहरुमा भोजपुरको षडानन्द नगरपालकिाका सदस्य प्रेम कुमार राई र म्याग्दी जिल्ला साविक पुलौचार गाविसका नीशा बानियाँ छन् ।

असोज २९ गते बसेको मन्त्रिपरिषदको बैठकले श्रम अदालत गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, असोज २९ गतेकै बैठकले नेपाली सेनाका प्राविधिक महासेनानी गगेन्द्रनाथ कर्माचार्यको पदावधि २३ मंसिर २०८० सम्म र सहायक रथी सागरबहादुर केसीको १९ पुस २०७८ सम्म थप गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्