सिभल अस्पताले सूचना निकाल्दै भन्यो: कोरोनाका बिरामीले खर्च आफैं ब्यहोर्नू

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : १६


काठमाडौं ।कोरोना भाइरस संक्रमणको उपचार खर्च नव्यहोर्ने सरकारी निर्णयको अस्पतालहरूले कार्यान्वयन गर्न थालेका छन् ।

काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालले संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नु पर्ने भन्दै कोरोना पीडितका नाममा सूचना जारी गरेको छ ।

कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’

त्यतिमात्रै होइन, बिरामीलाई क्यान्टिनमा समेत तत्काल धरौटी रकम जम्मा गर्न सूचनामा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएका थिए ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, असहाय एक महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ, कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरिएको गौतमले बताएका छन् । तर, उनीहरुको खर्च पनि बीमा रकमबाट काटिने सरकारले घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्