हेलिकप्टर चार्टर गरेर ‘चोर र पुलिस’को सुटिङ

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : ४२


काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ ।

आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायाँकन सुरु भएको हो ।

काठमाडौबाट हेलिकप्टर चार्टर गरेर कालिञ्चोक पुगेको निर्माण युनिटले त्यहाँ मुर्हूत गर्दै फिल्मको प्रेमकथामय गीत ‘कुन देश कि परी..’ बाट छायाँकन सुरु गरेको थियो । गीतको छायाँकन कालिञ्चोक आसपासका स्थानमा गरिएको हो ।

गीतमा अभिनेत्री कविता राय, अभिनेता तथा निर्देशक आरएल लामाले अभिनय गरेका थिए ।

कालिञ्चोकको अहिलेको मौसम एकदमै राम्रो भएकोले हेलिकप्टर चार्टर गरेर फिल्म छायाँकन गर्न त्यहाँ पुगेको निर्देशक राजु लामाले बताए ।

दोलखाको अलवा सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौंडा, पोखरा र काठमाडौंलगायतका स्थानमा फिल्मको छायाँकन हुनेछ ।

फिल्ममा बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, कविता राय, बाल कलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् ।

निर्देशक लामाकै लेखन रहेको फिल्मले नचाहाँदा नचाहँदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कर्तब्यलाई विषयवस्तु बनाएको छ ।

फिल्ममा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिन, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किराँतीको द्वन्द्वन्द र रामेश्वर हुमागाईको छायाँकन रहनेछ । फिल्मका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सहनिर्माता रहेका छन् । चलचित्रको वितरण रीज इन्टरटेनमेन्टका करण श्रेष्ठले गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्