२६ वर्षीय बिरामीले सिनामंगल अस्पतालको तेस्रो तलाबाट हामफाले

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : २२


काठमाडौं ।  सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत एक बिरामीले सोमबार बिहान हामफालेका छन्।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भई बानेश्वरमा बस्ने गरेका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान ८ बजेर ४५ मिनेटमा अस्पतालको तेस्रो तलाबाट हामफालेको गौशाला प्रहरीले जनाएको छ ।

हामफालेपछि गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक थिएन। उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए।

गौशालास्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगोले हातखुट्टा पोलेपछि उनलाई उपचारका लागि केएमसी ल्याइएको थियो।

कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको झ्यालबाट हामफालेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्