इटालीमा कोरोना संक्रमण बढ्दो क्रममा, प्रतिबन्धात्मक नयाँ नियम लागु

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ४३


काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नयाँ नियमहरु घोषणा भएको छ ।

मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्तेले पुनः लकडाउनको अवस्था आउन नदिका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।

मेयरहरुलाई आफ्नो शहरका सार्वजनिक स्थलहरु निश्चित समयपछि बन्द गर्ने तथा रेस्टुरेन्ट खोल्ने समय तथा त्यहाँ उपस्थित हुन पाउने मानिसको संख्या निर्धारण गर्ने अधिकार दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्