नयाँ कोट लगाएर महावीरले भनेः ‘मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई’

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : १७


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुनले आइतबार फेसबुकमा ‘मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ लेखेर कोट पाइन्ट लगाएको फोटो राखे ।

महावीरलाई उनका साथीभाइले राम्रो कपडा लगाएन भनेर कचकच गरेको उल्लेख गर्दै नयाँ कोट पाइन्ट लगाएर उनले साथीभाइलाई जवाफ दिएको पनि बताए ।

उनी फेसबुकमा सक्रिय छन्। केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी उनले फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।

आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दुःख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन् ।

उनले करिब ३२ वर्षपछि आफूले नयाँ कोट पाइन्ट लगाएको बताएका छन् ।

०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएको बताएका उनले आइतबार दोस्रोपटक नयाँ कोट पाइन्ट लगाएका हुन ।

लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई ?? —
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला


प्रतिक्रिया दिनुहोस्