बन्द रहेका जिल्ला प्रशासनका सेवा पुनः शुरु

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : २८


हेटौंडा । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आइतबारदेखि नागरिकता वितरणका साथै राहदानी सिफारिसलगायत अन्य शान्तिसुरक्षाको व्यवस्थापन पुनः शुरु गरेको छ ।

केही दिनअघि सो कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि यही कात्तिक १ गतेसम्म ती सेवा बन्द गरिएको थियो । सो कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई प्रत्येक फाँटका कर्मचारीले सम्पर्क गरी सेवा सुविधा उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाले कात्तिक २ गतेदेखि ६ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्