भारतको ‘गोप्य सेना’ मा काम गर्ने तिब्बती सैनिक

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ०८


घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ ।

छेउको कोठामा प्राथना जारी छ जसमा घरका सदस्य, आफन्त र बौद्ध भिक्षुहरु मन्त्रको जाप गरिरहेका छन् ।

केही दिनअघि मात्र ५१ वर्षीय निमा तेन्जिङ लद्दाखको पैंगोङ त्सो तालको क्षेत्रमा एक बारुदी सुरुङ विस्फोटमा मारिएका थिए ।

लद्दाखको यो क्षेत्रमा भारत र चीनका सेना केही महिनादेखि आमनेसामने छन् ।

भारतीय सेनाको स्रोतका अनुसार तेन्जिङ जुन बारुदी सुरुङको विस्फोटमा मारिएका थिए, त्यो सन् १९६२ मा भएको भारत–चीन युद्धका दौरान बिछाइएको थियो ।

उक्त दिनलाई सम्झदै तेन्जिङका भाइ नामदाख भन्छन्, ‘३० अगस्तको राति करिब १० बजे मलाई फोन आयो कि निमा घाइते भएका छन् ।उनीहरुले मलाई उनको मृत्यु भएको भएनन् । पछि एक जना साथीले मलाई यसबारे जानकारी दिएका थिए ।’

तेन्जिङको परिवारको अनुसार उनी स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) का सदस्य थिए ।

रपोर्टका अनुसार यस ‘गुप्त बल’ मा करिब ३५ सय सैनिक तैनाथ छन् जसमा धेरै तिब्बती शरणार्थी छन् । तेन्जिङको परिवार अनुसार उनी पनि शरणार्थी नै थिए र उनले भारतीय सेनामा तीन दशकसम्म सेवा गरेका थिए ।

एसएफएफबारे धेरै जानकारी सार्वजनिक रुपमा प्राप्त छैन । भारतीय सेनाले यसको अस्तित्व सार्वजनिक रुपमा कहिल्यै पनि स्वीकार गरेको छैन । तर, यो यस्तो रहस्य हो जसलाई सेना र विदेश नीतिसँग जोडिएका विशेषज्ञ र लद्दाखबाट रिपोर्टिङ गर्ने अधिकांश पत्रकारलाई थाहा छ ।

यद्यपि, अगस्तको अन्तिम दिन भारत र चीनबीच बढ्दो तनावका बीच तेन्जिङको मृत्युलाई सार्वजनिकरुपमा स्वीकार गरियो ।

तिब्बती मूलका मानिसहरुको भूमिकाबारे भारतीय सेनामा खुलेर कुरा भएको यो पहिलो अवसर थियो ।

तेन्जिङलाई पूरा सैन्य सम्मानका साथ अन्तिम बिदाइ गरिँदै २१ बन्दुकको सलामी दिइयो । साथै, लेहमा तिब्बती समुदाय र स्थानीयले उनको अन्तिम संस्करमा खुलेर भाग लिए ।

एसएफएफ गठनको कथा

भाजपाका वरिष्ठ नेता राम माधव पनि अन्तिम विदाइमा सामेल भए र उनको पार्थिव शरीरमा फूलमाला चढाए ।

उनको पार्थिव शरीर राखिएको बाकसमा भारतको तिरङ्गाको साथै तिब्बतको झण्डा पनि राखिएको थियो ।

राम माधवले तेन्जिङलाई एफएफएफको सदस्य बताउँदै ट्वीट गरेर भारतीय सीमाको रक्षा गर्दा शहादत प्राप्त भएको जिकिर गरे । पछि उनले उक्त ट्वीट डिलिट गरेका थिए ।

उनले उक्त ट्वीटमा भारत–चीन सीमाको साटो भारत–तिब्बत सीमा पनि लेखेका थिए ।

यद्यपि, भारत सरकार र सेनाले तेन्जिङबारे कुनै आधिकारिक बयान जारी गरेन । भारतीय मिडियामा भने यसबारे खुब चर्चा भयो र यो चीनका लागि कडा सन्देश पनि भएको बताइयो ।

नामदाख तेन्जिङ भन्छन्, ‘अहिलेसम्म यो गोप्य थियो, तर अब यसलाई स्वीकार गरिएको छ । म निकै खुसी छु । जसले सेवा गर्छ उसको नाम हुनुपर्छ र उनीहरुको समर्थन पनि गर्नुपर्छ ।’

‘हामीले सन् १९७१ मा लडाइँ लड्यौँ, तर त्यसलाई गोप्य रखियो । फेरि सन् १९९९ मा कारगिलमा पाकिस्तानविरुद्ध लडाइँमा भाग लियौँ, त्यसलाई पनि गोप्य राखियो । तर, पहिलो पटक हाम्रो अस्तित्वलाई स्वीकार गरिएको छ ।’

विज्ञका अनुसार सन् १९६२ मा भारत–चीन युद्धपछि एसएफएफको गठन गरिएको थियो ।

तिब्बती पत्रकार तथा चलचित्र निर्माता कलसाङ रिनचेन भन्छन्, ‘यसको उद्देश्य भागेर भारत आएका तिब्बती जनतालाई सेनामा सामिल गर्नु थियो ।

उनीहरुसँग उचाइँमा गुरिल्ला युद्ध लड्ने अनुभव थियो भने सन् १९६० को दशकसम्म चीनसँग लड्ने तिब्बतको गुरिल्ला बल चूशी गैन्डरुकका सदस्य थिए ।’ रिनचेनले एसएफएका पूर्व लडाकुहरुसँग लामो साक्षात्कार गरेका थिए ।

सन् १९५९ मा चीनविरुद्ध भएको विद्रोह असफल भएपछि १४ औँ दलाई लामा तिब्बतबाट भागेर भारत आएका थिए ।

उनले भारतमा नै तिब्बतको निर्वासित सरकार गठन गरेका थिए । उनीसँगै दसौँ हजार तिब्बती पनि भारत आएका थिए । र, यहाँ शरण लिएका थिए ।

 

अमेरिकाको प्रशिक्षण

भारतले दलाई लामा र उनको साथ आएका तिब्बतीहरुको समर्थन गरेपछि दुई देशबीच तनाब बढेको थियो ।

सन् १९६२ मा भारत चीनसँग लज्जास्पदरुपमा पराजित भएपछि तनाव झन् बढेको थियो ।

भनिन्छ, भारतको गुप्तचर विभागका तत्कालिन प्रमुख बीएन मलिकले सीआईएको मद्दत लिएर एसएफएपm गठन गरेका थिए ।

यसमा अमेरिकाले कति सहयोग गर्यो भन्नेमा विवाद छ । यो भारतको आफ्नो अभियान भए पनि अमेरिकाको समर्थन भने पक्कै थियो । केही

स्रोतका अनुसार भने अमेरिकाको स्पेसल फोर्सले १२ हजार तिब्बतीलाई प्रशिक्षण पनि दिएको थियो । यसको फन्डिङ पर्ने अमेरिकाले नै गरेको थियो ।

सन् १९६२ मा एसएफएफसँग जोडिएका तिब्बती शरणार्थी जाङ्पा भन्छन्, ‘प्रशिक्षण दिने अधिकांश अमेरिकी थिए ।

सीआईएका एक व्यक्ति टुटेफुटकेको अङ्ग्रेजी बोल्थे । पछि चार जनाले हामीलाई प्रशिक्षण थिए ।

यसबलको शुरुवातमा मात्र तिब्बतीहरुलाई सामेल गरिएको थियो । पछि अन्यलाई पनि स्थान दिइयो ।

जानकारहरुका अनुसार यो बलले सिधै क्याबिनेटमा रिपोर्ट गर्दछ र भारतीय सेनाका उच्च अधिकारीहरुको कमान्डमा रह्न्छ ।

‘यसको मूल उद्देश्य भनेको चीनविरुद्ध लड्न र गोप्य जानकारी हासिल गर्न हो । उता, चीनले भने यसबारे आफूहलाई जानकारी नरहेको बताएको छ ।

बीबीसी हिन्दीबाट


प्रतिक्रिया दिनुहोस्