अर्मेनिया र अजबैजानबिच युद्धविराम सम्बन्धी नयाँ सम्झौता

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ९ : २७


काठमाडौं । अर्मेनिया र अजरबैजानबिच विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको लागि नयाँ सम्झौता भएको छ ।

यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो ।

सो सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ। पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ ।

गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो ।

यसअघि गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो। वर्षौँपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भएको भिडन्त अन्त्यका लागि अस्थायी शान्ति सम्झौतामा सहमति बनेको थियो ।

पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ ।

सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ ।

सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस्