नेकपा उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना, सम्पूर्ण भेटघाट बन्द

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमका सवारी चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सवारी चालक र सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको गौतमको सचिवालयले शनिबार जानकारी दिएको छ ।

तर उपाध्यक्ष गौतमसहित परिवार र सचिवालयको सदस्यमा कुनै समस्या नरहेको विष्णुमणि सुवेदीले सामाजिक सञ्चालमार्फत जनाकारी दिए ।

योसँगै उपाध्यक्ष गौतमले सम्पूर्ण भेटघाट बन्द रहेको सुवेदीले बताए ।


प्रतिक्रिया दिनुहोस्