गाउँपालिका अध्यक्षलाई कोरोना लागेपछि गल्छी गाउँपालिका बन्द

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


धादिङ । गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए ।

गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् । ।


प्रतिक्रिया दिनुहोस्