क्यान्सरलाई चाँडै जितेरै छोड्छु : सञ्जय दत्त

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


बलिउड अभिनेता सञ्जय दत्त  फोक्सोको क्यान्सरले पीडित बनेका  भएको बताएका थिए । उनले आफु विरामी भएको कुरा गरेका भएपनि क्यान्सर भएको कुरा बाहिर बोलेका थिएनन् ।

उनले क्यान्सरबाट पिडित भएको लामो समय पछि पहिलो पटक मुख खोलेका छन् । हालै आफ्नै इन्स्टाग्राम लाइभमार्फत् क्यान्सरलाई चाँडै निको पार्ने बताएका छन् । उनले आफ्नो समस्याका बारेमा भनेका छन्,‘यो रोगलाई चाँडै हराएर छाड्छु ।’

६१ बर्षिय सञ्जयले अहिलेसम्म एक सय ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

उनको नयाँ फिल्म यहि नोभेम्बरमा छायाँकनमा निस्कने तयारीमा रहेको पनि उनले इन्स्टामार्फत जानकारी दिएका छन् । बिरामी हुुँदाहुँदै पनि उनले एक महिना अगाडी फिल्म ‘शमशेरा’को छायाँकन सकेका छन् । क्यान्सरबाट सञ्जय दत्त परिवारमा आमा नरगिस र पहिलो श्रीमती ऋचा शर्माको निधन भइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्