मुटु बारे यी १५ रोचक तथ्य के तपाई‌लाई थाहा छ ?

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


मुटु शरीरको एक महत्वपूर्ण अंग हो ।

पछिल्लो समय मानिसको जीवनशैली, खानपान, मानसिक तनाव, अखाद्य पदार्थको प्रयोग व्यायाम शारीरिक परिश्रमको कमी आदी कारणले गर्दा मानिसमा मुटुरोगको जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

आज हामी यहाँ मुटु रोगबारे १५ रोचक तथ्य जानकारी गराउँदै छौं ।

१। पुरु शरीरमा मुटुमात्र यस्तो अंग हो जो कहिल्यै आराम गर्दैन ।

२। भर्खर जन्मेको बच्चाको शरीरमा एक कप बराबर रगत हुन्छ ।

३। एक वयस्क मानिसको शरीरमा साढे ५ लिटर रगत हुन्छ ।

४। एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक धड्किन्छ ।

५। पुरुषको मुटुको तौल औसत ३०० ग्राम र महिलाको २५० ग्रामसम्म हुन्छ ।

६। मुटुले करिब ७५ ट्रिलियन कोशिकालाई रगत पुर्याउने काम गर्छ ।

७। पुरुषको तुलनामा महिलाको मुटु अति छिटो धड्किन्छ

८। सातामा ३ पटक यौन सम्बन्ध राख्नेहरुमा हर्ट अट्याकको सम्भावना कम हुन्छ ।

९। यौनक्रियाका बेला हर्ट अटयाक हुने संभावना अत्यन्त न्युन हुन्छ ।

१०।। धूमपान गर्नेहरूमा हर्ट अटयाकको संभावना ४०० प्रतिशतसम्म हुनसक्छ ।

११। वयस्क मानिसको मुटुले हरेक मिनट करिब साढे पाँच लिटरजति रगत पम्प गर्छ ।

१२। मुटुले जीवनकाल भरीमा करिब सयवटा ठूला स्विमिङ पुल बराबर रगत पम्प गर्छ ।

१३। मुटुले पम्प गरेको रगतको दबाबले रगत ३० मिटरको उचाइसम्म पुग्न सक्छ ।

१४। चकलेट खादाँ हर्ट अट्याक एक तिहाइले घट्दछ ।

१५। विदेशमा सोमबार सबैभन्दा बढी हर्ट अटयाक हुने गर्दछ ।

 


प्रतिक्रिया दिनुहोस्