सरकारले नेपालको भूमिलाई पनि आफ्नै हो भन्न सकेन : नेता सिंह

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकको सार्वभौमिकताको रक्षा गर्न नसकेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले नेपालको भू(भागलाई पनि आफ्नो हो भन्न नसकेको आरोप लगाए । हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘नेपालको भौगोलिक अखण्डताको विषयलाई लिएर सरकार आफ्नो भू भागलाई पनि नेपालकै हो भनेर भन्न हिच्किचाएको छ ।’

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारी टोलीले स्थलगत निरीक्षण प्रतिवेदन नबुझाउँदै चीनले भूमि नमिचेको भन्ने अभिव्यक्ति दिएकोप्रति नेता सिंहले आपत्ति जनाए ।

‘हुम्लामा सरकारी टीम स्थलगत अवस्था बुझ्नका लागि गएको छ । तर प्रतिवेदन आउनुअगाडि नै सरकारका प्रवक्ताले केही भएको छैन भनर अपरिपक्व कुरा गरेका थिए,’ उनले भने ।

नेपालको भू(भाग वर्तमान सरकारले संरक्षण र सुरक्षा गर्न सक्ने हो कि होइन भन्ने कुरा जनतामा पर्न गएको सिंहको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्