कांग्रेस नेता सिंह भन्छन्– सरकारले आफ्नै भूमिमा पनि दाबी गर्न सकेन

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफ्नै भूमिमा समेत सरकारले दाबी गर्न नसकेको बताएका छन् ।

चीनले नेपाली भूमि मिचेर संरचना निर्माण गरेको विषयप्रति लक्षित गर्दै नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको पनि बताए ।

काठमाडौंको नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेश पार्कको शनिबार उद्घाटन गर्दै नेता सिंहले हुम्लामा चिनियाँ पक्षबाट नेपाली भूमि मिचिएको विषयमा सरकारले अपरिपक्व अभिव्यक्ति दिएको पनि बताए ।

हुम्लामा नेपाली चीनले नेपाली भूमि अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट नेपाली भूमि मिचिएको भन्नु अपरिपक्वत अभिवक्ति भएको नेता सिंहको भनाइ छ ।

‘सरकारले आफ्नो राष्ट्रको भू–भाग संरक्षण गर्दै सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको,’ नेता सिंहले भने, ‘यो दुर्भाग्य हो ।’

झन्डै दुईतिहाई बहुमतको वर्तमान सरकार सुशासन र शान्ति सुरक्षा दिन असफल भएको पनि नेता सिंहले आरोप लगाए । कोरोना भाइरसको महामारीका बेला पनि मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै नेता सिंहले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै नेता सि.हले त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्नलाई अन्मुक्ति दिन नहुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्