ट्रेलर आएसँगै अक्षय कुमारको नयाँ फिल्मको चर्को बिरोध, किन रिसाए फ्यान ?

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ३५


बलिउड अभिनेता अक्षय कुमार ट्वीटर प्रयोगकर्ताको निशानामा परेका छन् ।

कारण बनेको छ उनको आगामी फिल्म लक्ष्मी बाँम्ब ।

उनीप्रति ट्वीटरमा यति धेरै रिस पोखिएको छ कि प्रयोगकर्ताहरुले ह्यासट्याग सेमअनअक्षयकुमार ट्रेण्ड चलिरहेको छ ।

फिल्ममा अक्षय कुमारको नाम आसिफ छ जबकी उनी पूजा नामकी युवतीसँग प्यार गर्छन् । पूजाको भूमिका कियारा आडवाणीले निभाएकी छिन् ।

प्रयोगकर्ताको नजरमा आसिफको पूजासँग प्यार ‘लव जिहाद’को प्रोत्साहन भएको छ । यही कारण मानिसहरुले ट्वीटरमा रिस पोखेका हुन् ।

यसकारण भयो बिरोध ?

लक्ष्मी बाँम्बे फिल्म यस्तो एक युवाको कहानी हो जसमा भूत सवार हुन्छ । त्यसपछि उनी केटीको जस्तो व्यवहार गर्छ ।

फिल्मको विरोध गर्ने वालाले यस फिल्मको नाममा लक्ष्मी शब्दको प्रयोग गरिको माथि पनि आपत्ति जनाएका छन् ।

उनीहरुको भनाइमा दीपावलीमा रिलिज हुने फिल्मले माता लक्ष्मीको नामको गलत प्रयोग गरिरहेको छ र ‘लव जिहाद’लाई प्रमोट गर्न खोजेको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्