प्रहरी दिवस : आँशु थाम्न सकेनन् अमर प्रहरीका परिवारले (फोटोफिचर)

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं। आज ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विविध कार्यक्रम गरेर मनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओली

कार्याक्रममा गृहमन्त्री, गृह सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती थियो ।

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अमर तथा वीर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओली ।

प्रहरी दिवसको अवसरमा अमर प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो । त्यसबखत अमर प्रहरीका परिवारका सदस्य भावविह्वल भएका थिए ।

दिवसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको छ । त्यस्तै देशका अन्य भागमा पनि प्रहरी दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

सम्मान ग्रहणपछि भावबिह्वल हुँदै अमर प्रहरीका आश्रित परिवार
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा सम्मान ग्रहणपछि भावबिह्वल अवस्थामा अमर प्रहरीका आश्रित परिवार । तस्बिर : निरा गौतम
तनहुँको घिरिङ गाउँपालिका ३ प्रहरी चौकीलाई निःशुल्क जग्गा दान दिने स्थानीय मीनकुमार श्रेष्ठलाई शुक्रबार सम्मान गर्दै प्रहरी उपरीक्षक अरुण पौडेल । तस्वीर : कृष्ण न्यौपाने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङकर पोखरेल ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा अमर प्रहरीलाई श्रद्धाञ्जलि अर्पण गर्नुहँदै । तस्बिर : निरा गौतम
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा बाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समारोहमा सम्मानित भएपछि भावविह्वल हुँदै सेवारत रहँदा ज्यान गुमाएका अमर प्रहरीका श्रीमती । प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौँडाले अमर प्रहरीका परिवार तथा शान्तिसुरक्षा स्थापनाका लागि योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको थियो । उनीहरुलाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटटेलले सम्मान गर्नुभएको थियो । तस्बिर : रिपेश दाहाल
पैँसठिऔँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलबाट सम्मान ग्रहण गर्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद पाण्डे ।
पैसठिऔँ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आयोजित कार्यक्रममा प्रहरी स्मारकमा सलामी अर्पण गर्दै प्रमुख सेनानी मनोज गुरुङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङकर पोखरेल ६५ औँ प्रहरी दिवसका अवसरमा शुक्रबार लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवलमा आयोजित कार्यक्रममा आफना भनाई राख्दै ।


प्रतिक्रिया दिनुहोस्