कुमार पौडेल हत्यामा संलग्न प्रहरीमाथि मुद्धा चलाउनैपर्ने आयोगको निर्णय

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ३६


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई पनि मुद्दा चलाउनैपर्ने निर्णय गरेको छ।

आयोगले गत वर्ष नै इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन र आदेश दिनेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयले उनीहरूलाई कारबाही गर्न नसकिने बताउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो।

तर, आयोगले उक्त निर्णयमा पुनर्विचार हुन नसक्ने निर्णय गरेको छ।

यो सँगै नेता पौडेलको हत्यामा संलग्न र आदेश दिनेहरुमाथि मुद्धा चलाउनै पर्ने भएको छ।

तत्कालिन आईजिपी सर्वेन्द्र खनालको घुमुवा टोलीले पौडेलको हत्या गरेको आयोगको ठहर छ।

यो मुद्धा अघि बढे पूर्व आईजिपी खनाल लगायतका अधिकारीहरु तानिन सक्ने जानकारहरु बताउँछन्।

यस्तै आयोगले भक्तपुरमा फेक इन्काउन्टर भएको निष्कर्ष निकालेको छ।


प्रतिक्रिया दिनुहोस्