बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयले माग्यो ७ जना कर्मचारी

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : १०


काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७ जना कर्मचारी माग गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशन गर्दै सूचना प्रविधि अधिकृत (आईटी अफिसर) पदमा ७ जना कर्मचारी माग गरेको हो ।

२०७८ सालको असार मसान्तसम्म कार्य अवधि हुने गरी सूचना प्रविधि अधिकृत नियुक्त गरिने कार्यालयले जनाएको छ ।

आवेदन दिनका लागि सूचना तथा प्रविधि मूल विषय लिइ कम्तिमा पनि स्नातक तह वा सो सरहको अध्ययन पूरा गरेको हुनुपर्ने र कम्प्युटर नेटवर्किङ, प्रोग्रामिङ, वेब डिजाइनिङ लगायतको तालिम लिएको हुनुपर्ने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्