क्रिस गेलको ब्याट चलेपछि पञ्जावसँग पराजित भयो बिराट कोहलीको बैंगलोर

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले दोस्रो जीत निकालेको छ ।

बिहीबार राति यूएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलामा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जीत हात पारेको हो ।

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जावले २० ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्‍यो ।

पञ्जावको जीतमा कप्तान केएल राहुल र क्रिस गेलको साझेदारी महत्वपूर्ण बन्यो । राहुलले अविजीत रहँदै ४९ बलमा ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रन बनाए ।

गेल यो सिजनको प्रतियोगितामा पहिलो पटक पञ्जावको प्लेइङ सेटमा परेका हुन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका गेलले पञ्जावलाई जीत दिलाउन महत्वपूर्ण योगदान गरे ।

पञ्जावका लागि मायांक अग्रवालले ४५ रनको योगदान भने निकोलस पुरन ६ रनमा अविजित रहे ।

पञ्जावविरुद्ध बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए ।

देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए ।

क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।

बैंगलोरविरुद्ध पञ्जावका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए ।

जितसँगै पञ्जावले ८ खेलमा ४ अंक जोडेको छ । पञ्जाव पुछारमा रहेको छ ।

पञ्जावले यो सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पञ्जावले बैंगलोरलाई ९७ रनले हराएको थियो ।

बैंगलोरको भने यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्