बहराइनी राजकुमारको टोलीद्वारा मनास्लु हिमाल आरोहण

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ६ : ४३


हिमाल आरोहणका लागि नेपालमा रहेका बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ।

बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।

८ हजार १५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो। लोबुचे र मनास्लु हिमाल चढ्ने उदेश्यसहित उक्त टोली गत सेप्टेम्बर १६ मा नेपाल प्रस्थान गरेको थियो।

यसअघि राजकुमारसहितको टोलीले अक्टोबर ३ मा सोलुखुम्बुमा रहेको ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

नेपालमा लकडाउनपछि पहिलो हिमाल आरोहण बहराइनी टोलीले गरेको हो।


प्रतिक्रिया दिनुहोस्