भारतीय अभिनेता विवेक ओवरायको घरमा प्रहरीले मार्‍यो छापा

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ५०


भारत । बलिउड अभिनेता विवेक ओवरायको मुम्बईस्थित घरमा प्रहरीले छापा मारेको छ । लागुऔषध अभियोगमा विवेकका साला आदित्य अल्वामाथि शंका गर्दै प्रहरीले छापा मारेको हो ।

भारतीय प्रहरीका अनुसार आदित्य अल्वा फरार छन् । विवेक ओवराय उनका नातेदार भएकाले प्रहरीले सोधपुछ गर्दै घर आएको र छापा मारेको जनाइएको छ ।

प्रहरीका अनुसार यसबारेमा सोधपुछ गर्न प्रहरीले अदालतबाट वारेन्ट लिएको थियो ।

यो घटनामा कन्नड कलाकार रागिनी द्विवेदी र सञ्जना गलरानीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आदित्य अल्वाकी आमा नन्दिनी अल्वाको स्वामित्वमा रहेको बेंगलुरुको पाँच एकड सम्पत्तिमा पनि प्रहरीले छापा मारेका थियो ।

प्रहरीले पार्टीहरुमा ड्रग्सको प्रयोग गरेको भन्दै अनुसन्धान थालेको छ ।

 


प्रतिक्रिया दिनुहोस्