पहिलोपटक एप डाउन गर्नेलाई टेलिकमको ५ सय एमबी डाटा नि:शुल्क

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : ५५


काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक एप डाउनलोड गर्नेलाई ५ सय एमबी डाटा निशुल्क दिने भएको छ।

कात्तिक १ गतेदेखि लागू हुने गरि टेलिकमले यस्तो अफर ल्याएको हो।

नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले मोबाइल डेटा पाउने छन्।

टेलिकमका अनुसार *444# डायल गरी फोरजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन्। तर यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ।

टेलिकमको एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरमा गएर डाउनलोड गर्नसक्ने छन्।


प्रतिक्रिया दिनुहोस्