बिरामी भएका बेला एक कल फोनले ठूलो औषधीको काम गर्दोरहेछ : व्यवसायी ढकाल

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १ : ४३


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना संक्रमणलाई जितेका छन्।

उनमा असोज ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

सतर्कता अपनाउँदा अपनाउँदै पनि आफूलाई कोरोना संक्रमण भएको व्यवसायी ढकालले जानकारी दिएका थिए।

कोरोना संक्रमण भएपनि स्वास्थ्यमा धेरै सामान्य नरहेको उनले बताएका थिए।

संक्रमण पुष्टिभएपछि उनी घरमै आइसोलेसनमा बसे। आफ्नो सम्पर्कमा आएकालाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनु उनले आग्रह गरेका थिए।

उनको बुधबार कोरोना रिपोर्ट नेगेटिभ आएको हो। यो सँगै उनले कोरोनालाई जित्न सफल भएका छन्।

कोरोनाबाट आफू निको भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

चर्चित व्यवसायी ढकालले बुधबार अस्पतालबाट डिस्चार्ज भएपछि फेसबुकमार्फत बिरामीका बेला आफूलाई सम्झिने, स्वास्थ्य लाभको कामना गर्ने सबैलाई विशेष धन्यवाद दिएका हुन।

सामाजिक सञ्जालमा उनले एक कल फोन र एसएमएसले कति ठूलो औषधीको काम गर्दोरहेछ भन्ने कुरा यसपटक आफूले राम्रोसँग महसुस गरेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्