वहराइनका राजकुमारसहित १७ जनाले चुमे मनास्लुको चुचुरो

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ५३


वहराइन राजकुमारसहित १७ जनाको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेका छन्।

राजकुमार नासिर बिन हामिद अल खलीफाले आज (बिहीबार) बिहान ८,१५६ मिटरको मनास्लु हिमालको सफल आरोहण गरेका हुन्।

पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यले राजकुमारसहित १४ जना र ३ गाइड गरि १७ जनाको टोलीले सफल आरोहण गरेको जानकारी दिइन्।

आचार्यका अनुसार उनीहरु बिहीबार बिहान ७:१०  मा मनास्लु हिमालको टाकुरामा पुगेका थिए।

नेपालको हिमाल आरोहणका लागि बहराइन राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १५ जना र ३ जना वेलायतका गरी १८ को टोली आरोहणका लागि नेपाल आएका थिए।

त्यसमध्ये १४ जना मात्रै आरोहणमा सहभागी भएका हुन्।


प्रतिक्रिया दिनुहोस्