झापाको मेचीनगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ८ : ४२


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका प्रमुख (मेयर) विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधबार उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनी अहिले घरकै आइसोलेसनमा बसेका छन् । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना सङ्क्रमण भएको थियो ।


प्रतिक्रिया दिनुहोस्