एनटीसीले शुरु गर्‍यो अटम अफर– डाटा, भ्वाइस र एसएमएसमा यस्ता छन् सुविधा

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम (एनटीसी)ले मोबाइल सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गर्दै आज (बिहीबार)देखि अटम अफर उपलब्ध गराउन थालेको छ ।

यसअघि समर अफरमा उपलब्ध गराइएजस्तै प्याकेजहरु अटम अफरमा पनि उपलब्ध हुनेछन् ।

अटम अफरमा ‘डे डाटा प्याक’, ‘१ जीबी पर डे डाटा प्याक’, ‘अनलिमिटेड १ आवर’, ‘अल टाइम डाटा’, ‘नाइट डाटा प्याक’, ‘अनलिमिटेड नाइट डाटा’, ‘सोस मिडिया प्याक’ ‘युट्यूब (स्ट्रिमिङ) डाटा प्याक’ र ‘फोर जी अफर’ उपलब्ध हुनेछन् ।

अटम अफरमा ‘डे भ्याइस प्याक’, ‘अल टाइम भ्वाइस प्याक’, ‘अनलिमिटेड नाइ भ्वाइस’ र ‘नाइट भ्वाइस प्याक’ उपलब्ध हुने छ । यस्तै, पोस्टपेड प्रयोगकर्ताहरुको लागि कल, डाटा र एसएमएस गरी ‘पोस्टपेड स्पेशल प्याक’ उपलब्ध हुने छ ।

अन्तर्राष्ट्रि कलका लागि चाइना, इन्डिया र डाटा रोमिङ इन इन्डिया अफर उपलब्ध हुने छ ।

एनटीसीले शुरु गरेको अटम अफरअन्तर्गत प्राप्त हुने सुविधा तथा मूल्यबारे विस्तृत जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्