राजस्थानलाई हराउँदै आईपीएलको शीर्ष स्थानमा उक्लिएको दिल्ली क्यापिटल्स

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति दुबईमा भएको खेलामा राजस्थान रोयल्सलाई १३ रनले हराउँदै दिल्ली अंक तालिकको शीर्ष स्थानमा उक्लिएको हो ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले १ सय ६१ रनको योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२, सञ्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १३ रनमा अविजि रहे ।

दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले समान १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस आयरले अर्धशतकीय इनिङ्स खेले । धवनले ५७ बनाए भने आयरले ५३ रन बनाए ।

दिल्लीविरुद्ध राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । जयदेव उनाकडले २ विकेट लिँदा श्रेयस गोपाल र कार्तिक त्यागीले १/१ विकेट लिए ।

दिल्लीले नेपाली लेग स्नीपर सन्दीप लामिछानेलाई भने खेलाएको छैन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप यसपटकको प्रतियोगितामा लगातार आठौं खेलमा प्लेईङ सेटमा परेका छैनन् ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ८ खेलमा २ हार र ६ जितसहित १२ अंक भएको छ ।

राजस्थान भने ८ खेलमा ६ अंक जोडेर तालिकाको सातौँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्