विष्णु गैरेको ‘आउँछु भन्थें’ गीत सार्वजनिक (भिडियो)

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५७


काठमाडौँ । नजिकिदै गरेको महान चाड विजयादशमी नजिकिँदै दशैं लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन्।

यसैक्रममा सञ्चार व्यवसायी तथा गीतकार बिष्णु गैरेले मर्मस्पर्सी दशैं गीत सार्वजनिक गरेका छन्। गेरैको शब्द तथा हरि लम्सालको आवाज र संगीत रहेको दशैं गीत ‘आउँछ’ भन्थे’ युट्व्युबमार्फत सार्वजनिक गरिएको हो।

भाइब्रेसन मिडियाले उक्त गीतको भिडियो तयार पारेको छ। भिडियोको निर्देशन प्रकाश धितालले गरेका छन्।  छायाँङ्कन बुद्ध थापा एण्ड टिम र रमेश थापाको र सम्पादन विकाश दाहालको रहेको छ।

भिडियोमा पछिल्लो समय चर्चामा रहेका जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलिया लगायतका कलाकारहरुको अभिनय रहेको छ।

नेपाली युवाहरुको परदेश जानुपर्ने बाध्यता, त्यहाँ जानुअघि राखिने सोँच, त्यहाँ पुगेपछिको अवस्था र घरपरिवारसँग टाढिँदाको पीडालाई गीतले व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्