प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : २७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा केही मन्त्रीको जिम्मेवारी गरेका छन्।

बुधबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडरीले मन्त्रीहरुको जिम्मेवारी तोकेकी हुन।

यसअघि रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा यसपटक तीन नयाँ अनुहार भने थपिएका छन्। अर्थमन्त्रीमा बिष्णु पौडेललाई नियुक्त गरिएको छ। सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नव नियुक्त भएका तीनै जना मन्त्रीहरु प्रधानमन्त्री ओली निकट हुन्।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ।

नवनियुक्त तीन मन्त्रीको सपथ भोलि बिहान साढे ११ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। सपथपश्चात मन्त्रीहरुले पदभार ग्रहण गर्दै जिम्मेवारी सम्हाल्नेछन्।


प्रतिक्रिया दिनुहोस्