नेकपाले भन्यो-‘अध्यक्षद्धयमाथिको बाबुरामको आरोप बिल्कुल झुठो’

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ५ : ०८


काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब हिनामिना भएको आरोप लगाएको बिषयमा नेकपाले पनि मुख खालेको छ।

नेता भट्टराईले बहालवाला प्रधानमन्त्री सहित २ पूर्व प्रधानमन्त्रीमाथि ९ अर्ब बाँडेर खाएको आरोप लगाएका थिए।

उक्त अभिव्यक्तिको काँग्रेसले यसअघिनै खण्डन गरिसकेको छ। बुधबार नेकपाले नेकपाले पनि बाबुरामको ती आरोप खारेज गरेको छ।

पार्टीका दुई अध्यक्षको नाम जोडेर गम्भीर आरोप लगाएपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।

यदि त्यससँग सम्बन्धित कुनै तथ्य/प्रमाण भए सार्वजनिक गर्न पनि प्रवक्ता श्रेष्ठले चुनौती दिएका छन्।

‘कुनै प्रमाण भए सार्वजनिक रूपमा राज्यको सम्बन्धित आधिकारिक निकायमा पेस गर्न चुनौति दिन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यस प्रकारका कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्रै हो भन्ने स्पष्ट नै छ।’

गोरखा बासिन्दासमेत रहेका नेकपा प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा राज्यको गरिमामय उच्च पद सम्हालिसेकका भट्टराईबाट गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै क्षमा याचना गर्न माग गरिएको छ ।

 

यो पनि पढ्नुहोस

बाबुराम भन्छन्, ‘९ अर्ब भ्रष्टाचारको आरोप गलत प्रमाणित भए मृत्युदण्ड भोग्न तयार छु’


प्रतिक्रिया दिनुहोस्