कंगना विरुद्ध मुद्धा दायर

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : ३२


मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत विरुद्ध मुद्धा दायर भएको छ।

कर्नाटकको टुमकुरु जिल्लाको एक अदालतले अभिनेत्री कंगना रनौत विरुद्ध विवादित ट्विटका कारण एफआइआरु दर्ता गर्न आदेश दिएको छ।

गत सेप्टेम्बर २१ मा केन्द्रीय कृषि कानूनको विरोधमा प्रदर्शनमा उत्रिएका किसानविरुद्ध कंगनाले ट्वीट् लेखेकी थिइन्।

अदालतले अधिवक्ता एल रमेश नाइकको उजुरीमा एफआइआर दर्ता गर्न निर्देशन दिएको थियो।

उनीविरुद्ध मुद्दा भारतीय दण्ड संहिताको धारा अन्तर्गत दर्ता गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

ट्वीटमार्फत् उनले वहकाव, शान्ति उल्लंघन र अपमान र उक्साउने उद्‍देश्य राखेको आरोप छ।


प्रतिक्रिया दिनुहोस्