हात्तिमा योगा गरिरहेका रामदेव लडेपछि..(भिडियो)

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १७


काठमाडौं । योगगुरु बाबा रामदेव योगा गदौ गर्दै ढलेको भिडियो भाइरल बनेको छ।

भारत उत्तरप्रदेशको मथुरामा एउटा हात्तिमा चढेर योगा गर्दा रामदेव सन्तुलन गुमेर भुईंमा खसेको बीबीसीले उल्लेख गरेको छ।

उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै हिँडेको भिडियोमा देखिन्छ। मथुरा महावनस्थित रामनरेती आश्रममा भएको सो घट्नामा उनी घाइते भने नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्