नेकपाकी सांसद सानु पहाडीको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ३१


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद सानु शिवा पहाडीको निधन भएको छ।

जनवादी गायिकासमेत रहेकी सानुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा बुधवार निधन भएको हो।

उनी २०७४ सालमा इलामबाट प्रतिनिधि सभामा समानुपातिक सांसद निर्वाचित बनेकी थिइन्।

उनको केही वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। तीन–चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएकोमा आज उपचारकैक्रममा निधन भएको हो।

उनका एक छोरा र एक छोरी छन् भने श्रीमान डम्बर पहाडी प्राध्यापन पेशामा आवद्ध छन्।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सांसद सानुको निधनमा समवेदना व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्