चक्रवातका कारण भारतमा भीषण वर्षा, सडकहरु जलमग्न

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३७


भारत । चक्रवातका कारण भारतमा भीषण वर्षा हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको छ । जसका कारण जताततै जलाम्मे बनेका छन् । सडक नदीजस्तै बनेका छन्।

तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।

वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी छ। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन।

हैदराबादका धेरै तराई क्षेत्रमा बाढी आएको छ र त्यहाँका घर जलमग्न भएका छन्। त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको छ।

खैराताबाद, टोली चौकी, बोरबण्ड, सिकन्दराबाद, अम्बरपेट, अलबिनगर, वनस्थलीपुरम, हयातनगर र अब्दुल्लापुर क्षेत्रमा भारी वर्षाका कारण अवस्था एकदम खराब भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारी वर्षालाई ध्यानमा राख्दै सुरक्षाका लागि सहरका थुप्रै भागमा विद्युत् आपूर्ति बन्द गरिएको छ।

आन्ध्र प्रदेशको नरसापुरम-काकीनाडा नजिक मंगलबार बिहानै चक्रवात पुगेको हो।

जसका कारण कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा सतर्कताका लागि चेतावनी जारी गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्