नेपाल राष्ट्र संघको मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : २३


काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघअन्तर्गत मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ ।

मंगलबार राति राष्ट्र संघको मुख्यालयमा भएको मतदानमा नेपाल पुन: सदस्यमा निर्वाचित भएको हो ।

नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मंगलबार क मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।

 


प्रतिक्रिया दिनुहोस्